काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित पहिलो वित्तीय संस्था नबिल बैंकले ४० वर्षे यात्रा पुरा गरेको छ । सन् १९८४ जुलाई १२ (वि. सं. २०४१ असार) मा स्थापना भएको बैंक आजबाट ४० वर्ष पुरा भइ ४१ वर्षमा प्रवेश गरेको छ ।
बैंकको चालिसौं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहक, सेयर धनी, कर्मचारी, नियमनकारी निकाय, सञ्चारमाध्यम लगायत सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।
सम्पूर्ण जनता र मुलुकको समृद्धिको यात्रामा सहयात्री बन्दै बैंक अगाडि बढ्ने प्रतिबद्धता बैंकले गरेको छ । ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ बैंकले सेवा प्रदान गरिरहेको छ ।
नबिल बैंकले नेपालको आर्थिक क्षेत्रको विकासमा अग्रणी पहिचान बनाएको छ । उत्कृष्ट सेवा, प्रविधिको भरपुर उपयोग र नविनतम उत्पादन सदैव बैंकको मुख्य स्तम्भका रुमपा रहँदै आएको बैंकले जनाएको छ ।
Comments are closed.