‘कोर बैंकिङ सिस्टम’ स्तरउन्नति गर्दै नबिल बैंक, ३ दिन सेवा बन्द रहने

काठमाडौं । नबिल बैंकले ‘कोर बैंकिङ सिस्टम’ (सिबिएस) स्तरउन्नति गर्ने भएको छ । सिबिएस स्तरउन्नति गर्ने क्रममा असार ४ गते शुक्रबार दिउसो ४ बजेदेखि असार ७ गते सोमबार बिहान ९ बजेसम्म बैंकबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द हुने बैंकले जनाएको छ ।

सिबिएस स्तरउन्नति गरिने उक्त समयमा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम, कार्ड, (क्रेडिट र प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवं सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द रहने बैंकले जनाएको छ ।

बैंकिङ कारोबार बन्द रहने मिति आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

jutta mela

You might also like

Comments are closed.