नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो)हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाइएको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरस्थित आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण थप सहज हुनेमा विश्वास व्यक्त गरे ।

बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरुको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । यस पुनित कार्यमा बैंकले पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधै तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नु जस्तै भएकाले भविष्यमा पनि यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन ९अटो० को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरुलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए ।
‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । सेवा वाहन ९अटो० प्राप्त भएपछि यो सेवालाई सहज बनाउन सकिने विश्वास लिएका छौं । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,’ उनले भने ।

नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो ।

घरपरिवार र आफन्तविहीन खुला आकाशमुनी वेवारिसे रुपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जीउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालन गरिएको हो । यस आश्रमले सातै वटा प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गरी करिब १३ हजारलाई उद्घार गरिसकेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अति आवश्यक भएका मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भावनाबाट बैंकले यस किसिमका अति आवश्यकता भएका क्षेत्रमा नबिले सधै हातेमालो गर्ने गरेको छ ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नबिल एसएसई मार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।

You might also like

Comments are closed.