चौधरी फाउण्डेसन र नबिल बैंकद्वारा आयोजित रक्तदानमा ५५ युनिट रगत संकलन

पोखरा । चौधरी फाउण्डेसन र नबिल बैंकको सहकार्यमा पोखरामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको न्युरोड शाखामा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले समय समयमा रक्तदान लगायतका कार्यक्रम गर्दै आइरहेको छ । कोभिड महामारी पछि विभिन्न राहतका कार्यक्रम सँगसँगै चौधरी फाउण्डेसनले स्वास्थ्य सामग्री वितरणसमेत गरेको थियो ।

पछिल्लो समयमा रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको फाउण्डेसनले जनाएको छ ।

आगामी दिनमा पनि चौधरी फाउण्डेसन र नबिल बैंकको सहकार्यमा निरन्तर सामाजिक कार्यहरु गरिरहने गण्डकी प्रदेश कोअर्डिनेटर अशोकराज आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.