नबिल बैंकले ल्यायो आकर्षक दशैं अफर

काठमाडौं । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ ।

यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गर्नेछ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्धेश्य रहेको छ ।

देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्ष बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।

jutta mela

You might also like

Comments are closed.