नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल

काठमाडौं । नबिल बैंक लिमिटेडको ३७ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५ वोनस शेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभामा आप्mनो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठुलोसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एंव संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको सभाध्यक्ष पौडेलले जनकारी गराए । बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा Green financing, climate change financing मा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत सभाध्यक्ष पौडेलले सभामा जानकारी गराए ।

jutta mela

यसै गरी सभाले आ.व. २०७८/७९ (२०२१/२२) को लागि वाह्य लेखापरीक्षकहरु श्री S.A.R. Associates, Chartered Accountants तथा श्री P.J.P.N. & Co., Chartered Accountants लाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ । उक्त सभाले संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेशनल) लि. लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेललाई निर्बिरोध निर्वाचित गरेको थियो ।

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन  उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल मिति २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै आएकामा शुक्रबार सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।

बैंकले स्थापनाकाल देखि हालसम्म रू. १६ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ । वास्तविक अर्थतन्त्रलँई सहयोग पु¥याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउ“दै लैजाने हामी प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी, शेयरधनीहरु, ग्राहकवर्गहरु, नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको बैंकले जनाएको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायहरू प्रति बैंक परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

You might also like

Comments are closed.