काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादन संघ बिच स्थानिय तयारी पोशाक उत्पादन व्यवसँयिहरुलँई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।
प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंकका निरज कुमार बस्नेत (डनिल) र एन.एस.टी.पि.उ.एसका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा बंैकको तर्फबाट लघुवित्त विभागका प्रवन्धक मनोज कुमार यादव, र एन.एस.टी.पि.उ.एसको तर्फबाट उपाध्यक्ष्ँ सुमित प्रधान उपस्थित थिए ।
साझेदारीको बारेमा बोल्दैै निरज कुमार बस्नेत (डनिल)ले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानस“गै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहु“चको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास रँख्दछ । यस रणनीतिक साझेदारीस“गै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन.एस.टी.पि.उ.एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको “मेक इन नेपाल“ उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पु¥याउन उत्साहित छ ।”
त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष, किशोर नेपालले भने “‘नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको हो ।” आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्वृद्धीको बाटो हुनेमा विश्वस्त रहेको उनले बताए ।
Comments are closed.