अझ प्रविधिमैत्री बन्दै नबिल बैंक ! के हो नबिल डिजी बैंकले ल्याउन लागेको नयाँ प्रविधि ?

काठमाडौं । नबिल बैंकले नबिल डिजी बैंकमार्फत प्रविधिमैत्री ऋण लगानीको अवधारणा सार्वजनिक गरेको छ । बैंकलाई अझै प्रविधिमैत्री बनाउन नबिल डिजी बैंकले मोबाइलकै माध्यमबाट ऋण लगानी गर्ने गरी नयाँ अवधारणा ल्याएको बैंक स्रोतले जनाएको छ ।

मोबाइल अर्थात फोनको माध्यमबाटै ऋण लिन सकिने गरी बैंकले यो अवधारणा ल्याएको बुझिए पनि विस्तृत विवरण सार्वजनिक भएको छैन । नबिल बैंकले मोबाइलकै माध्यमबाट प्रविधिमैत्री ऋण लगानी गर्ने सन्देश दिदै विज्ञापन भने सार्वजनिक गरेको छ । ग्राहकलाई सानो सानो ऋण आवश्यक पर्दा पनि मोबाइलकै सहायताले नबिल बैंकबाट ऋण लिन सकिने गरी यो अवधारणा ल्याउन लागेको बताइएको छ । यसको विस्तृत विवरण यही साता सार्वजनिक हुने बताइएको छ ।

‘कहिले नदेखेको, कहिले नसुनेको लोन अब तपाईंको हातमा’ बैंकले सार्वजनिक गरेको लोगोसहितको विज्ञापनमा लेखिएको छ । लोगोमा मोबाइल देखाइएको छ । जुन मोबाइललाई एक जना महिलाको हातले समाउन लागेको देखिन्छ । यस अगाडि बैंकले ‘नबिल जेन–एन एकाउन्ट’ सञ्चालनमा ल्याएको थियो ।

jutta mela

You might also like

Comments are closed.