नबिल म्युचुअल फण्ड अन्तर्गत ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले संचालन गरेको नबिल म्युचुअल फण्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न भएको छ ।

प्रति इकाई अंकित मूल्य रु. १० का दरका २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा निष्काशन गरिएको १ करोड ५० लाख इकाईमध्ये १५% अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणमा बिक्री गरिएको थियो । सो इकाईको बाँडफाँट कार्यक्रम आज (२०८२ भदौ १६ गते) बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

बाँडफाँट कार्यक्रममा कोष प्रवद्र्धक कम्पनी नबिल बैंक लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक, प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि.का प्रतिनिधि र सर्वसाधारण लगानीकर्ताहरूको उपस्थिती रहेको थियो ।

बाँडफाँटको नतिजा कम्पनीको वेबसाइटमार्फत हेर्न सकिनेछ । साथै थप जानकारीका लागि लगानीकर्ताहरूले कम्पनीका सम्पर्क नम्बर ४५११६०४ वा ४५११७३३ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.