नबिल बैंकले बनाएको मन छुने भिडियो, बैंकिङ प्रविधि र कोभिड सचेतनासँगै दसैंको शुभकामना

काठमाडौं । घरमा श्रीमान आइसोलेसनमा छन् । कोरोना परीक्षण गरेपछि रिपोर्ट पोजेटिभ आउँछ । उनले यो कुरा आफ्नो श्रीमतीलाई सुनाउँछन् । श्रीमानको कुरा सुनेपछि श्रीमती आत्तिन्छिन् र पनि सम्हालिन्छिन् । केही हुँदैन भनेर श्रीमानको मन बलियो बनाउँछिन् ।

छोरीलाई साथीको फोन आउँछ । साथीले नयाँ कपडाको कुरा गरेपछि उनको आँखामा आउने आसुले जोसुकैलाई पनि भावुक बनाउँछ । बुबाको कोभिड रिपोर्ट पोजेटिभ आएको कुरा उनले साथीलाई सुनाउँछिन् । साथीले पनि उनलाई सम्झाउँछिन् । रोइरहेकी छोरीले आमाको अगाडि आसु लुकाउन प्रयास गर्छिन्, तर सक्दिनन । “मामुको लागि पनि आशु लुकाउनुपर्ने”, यो भनाईले देखाउँछ आमाछोरीबीचको सम्वन्ध र आत्मियता ।

नबिल बैंकले बनाएको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । विश्वमा नै कोरोना महामारी बढिरहेको छ । सबै सचेत र सजग हुनु आवश्यक छ भन्ने सन्देशसहितको भिडियोले प्रविधिमैत्री बैंकिङ प्रणालीलाई पनि प्रवद्र्धन गर्न खोजेको छ । नबिल बैंकले चाडपर्व र कोरोना महामारीमा आधारित भएर ल्याएको भिडियोलाई यतिबेला धेरैले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

श्रीमानले डेभिट कार्ड मागेर सामान अर्डर गर्छन् र सामान घरमा आउँछ । झोलामा नयाँँ कपडा देखेपछि छोरी निकै खुसी हुन्छिन् । यसमा देन्खिन्छ उनको बालमनो विज्ञान । खुसीमा रमाउँदै जब छोरी बाबुको अंगालेमा जान खोज्छिन् र बाबुले नआउन इसारा गर्छन् यो दृष्यले सबैको मन छुन्छ ।

दशैंको टीकाको दिन छोरीले बुवाको रिर्पोट नेगेटिभ आएको हो नि भनेर सोध्दा आमाले २ पटक नेगेटिभ आउनुपर्ने बताउँछिन् । जब रिर्पोट नेगेटिभ आयो भन्दै आमाछोरीको बिचमा श्रीमान/बुवा आउँछन् अनि देखिन्छ त्यो परिवारको खुसी । कोरोना महामरीले जुनसुकै क्षेत्रमा पनि असर पारेको छ । सबैले सचेत भएर यसको सामाना गर्नुपर्ने सन्देश दिएको छ यस भिडियोले ।

हेर्नुहोस् भिडियोः

Happiness is not defined by boundaries. It is defined by unconditional love and uncompromising support. No matter what keeps us apart, we will always continue to surge together ahead! #NabilBank #LifeAbaDhukka

Happiness is not defined by boundaries. It is defined by unconditional love and uncompromising support. No matter what keeps us apart, we will always continue to surge together ahead! #NabilBank #LifeAbaDhukka

Gepostet von NABIL BANK am Freitag, 16. Oktober 2020

You might also like

Comments are closed.