नबिल बैंक र दराजको सहकार्यमा ‘सारथी’ योजना

काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र दराज क्यामु प्रा.लि.का प्रबन्ध निर्देशक लिनो अल्हेरिङले एक विशेष समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंक ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं बिक्रेतालाई ग्राहक समुदायसंग जँेड्ने देशकै ठूलो अनलाइन स्टोर हो । दुबैको सहकार्यमा ‘सारथी’ वित्तीय कार्यक्रम सुरू गर्न दुई पक्षबीच सम्झौता भएको हो । जहा“ दराजका बिक्रेताले आकर्षक सुविदा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकका लागि बनाइएकँे छ, जसमा पुराना तथा नया“ सबै ग्राहकहरुले आवेदन दिन सक्नेछन् ।

उक्त अवसरमा बोल्दै नबिल बैंकका डेपुटी सीईओ शाक्यले यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहने बताए । ‘हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरुलाई विभिन्न लगानी कार्यक्रम मार्फत आफ्नो व्यवसाय बिस्तारमा सहयोग पु¥याउनु रहेको छ,’ उनले भने, ‘सारथी कार्यक्रमको लागि हामीले दाराजसंग सहकार्य गरेका छौं । हाम्रो विश्वास छ कि, यो वित्तिय कार्यक्रमले उनीहरूलाई कोभिड – १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मद्दत पु¥याउछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र बृद्धिका लागि पुर्नजीवित गर्नेछ ।’

दराज क्यामु प्रा लि.का प्रबन्ध निर्देशक अल्हेरिङले सारथी कार्यक्रमलाई नबिल बैंकसंगको सहकार्यमा प्रस्तुत गर्न पाउँदा उत्साही भएको बताए । ‘हामीले लामो समयदेखि काम गरिसकेका छौं, अर्थतन्त्रमा कोभिड – १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ,’ उनले भने, ‘योे नेपालमै पहिलँ क्रेडिट स्कोरिङमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको शुरुवातमा छौं । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसंग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौं ।‘

आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरुले, सारथी कार्यक्रमको लागि यो लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्त रुपमा सहजीकरण गरिएको छ । नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरु, १ सय ७५ एटिएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जाल मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.