नेपाल मै विद्युत्तीय सवारीको उत्पादन थाल्न अर्थमन्त्रीको सुझाव

काठमाडौं । अटोमोबाइल व्यवसायीले भोग्नु परेको समस्याहरुका बारेमा नाडाले अर्थमन्त्रीसँग छलपल गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा बुधबार मन्त्रालय गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसंग भेटी अटोमोबाइलसँग समसामयिक विषयहरुमा छलफल गरेकोे हो ।

उक्त अवसरमा बोल्दै नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको बताए । सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे दुलालले अर्थमन्त्रीलाई अवगत गराउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरे ।

नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक बिक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्वारा नियुक्त जुन सुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको बताए । छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

jutta mela

उक्त अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा विद्युतीय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अब अटोमोबाइल व्यवसायीहरुले नेपाल मै विद्युत्तीय सवारी साधनहरुको उत्पादन थाल्नुपर्ने बताए । त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा सरकारले गर्ने अर्थमन्त्रीले बताएका छन् ।

छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.