नाडाको ४४औं साधारणसभा फागुन २१ गते

 

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारणसभा यही फागुन २१ गते शुक्रबार हुने भएको छ । होटल याक एण्ड यतिमा हुने साधारणसभाको तयारीलाई तिब्र बनाइएको नाडाले जनाएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा गत पुसमा बसेको बैठकले फागुन २१ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । साधारणसभामा सहभागी हुन चाहने सदस्यहरुले आर्थिक वर्ष २०७७÷७८ सम्मको वार्षिक सदस्यता यही फागुन १३ गतेसम्म नवीकरण गरिसक्नुपर्ने महासचिव सुनिल रिजालले जानकारी दिए ।

jutta mela

साधारणसभाले नाडाको विधान संशोधन गर्नेछ । नाडाका निबर्तमान अध्यक्ष तथा विधान संधोन समितिका सभापति शम्भुप्रसाद दाहालले विधानको मस्यौदाबारे जानकारी गराउनेछन् भने छलफलपछि अनुमोदन गरिने बताइएको छ ।

You might also like

Comments are closed.