जनकपुर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाललाई जानकी अटोमोबाइल्स एसोसिएसनले स्वागत तथा सम्मान गरेको छ ।
प्रदेश २ का अटो व्यवसायीहरुसँगको अन्तरक्रिया तथा छलफल लगायतका कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुर पुगेका अध्यक्ष दुलाललाई जानकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष सन्तोष शाह लगायतको टोलीले स्वागत गरेका हुन् ।
अध्यक्ष दुलालको सक्रियतामा देशका सबै प्रदेशमा नाडा अन्तर्गत एसोसिएसनहरु गठन भएका छन् । अध्यक्ष दुलाल लगायत नाडाको टोली देशभरका एसोसिएसनहरुद्वारा आयोजित कार्यक्रममा निरन्तर सहभागी भइरहेका छन् ।
Comments are closed.