बजेटमा सवारी एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्न नाडाको माग

काठमाडौं । नाडाले धेरै समय अघिदेखि राख्दै आएको मागलाई दृष्टिगत गदैं सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि निजीक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ । यसैको फलस्वरुप नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको, अरु दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको र केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा छन् ।

नेपालमा केही चारपाँगे्र सवारी साधनहरु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु पनि खुल्ने क्रममा रहेका र यसैक्रममा सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौती गर्न लागेको भन्ने विषयमा विशेष ध्यानआकृष्ट भएको नाडाले जनाएको छ ।

‘सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुदा सर्वसाधरण बर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने हुन्छ । एसेम्वली उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको हुन्छ,’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा एसेम्बल उद्योगको कारण त्यससंग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने गर्दछ । अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ । सरकारले यस्ता तथ्यहरुलाई नजरअन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगीकरणको दौड पनि अझै पछाडि पर्नेछ ।’

jutta mela

सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्देश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा थोरै वर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ उद्योग खुल्ने त कुरै छाडौं भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने नाडाले जनाएको छ ।

एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गर्नेसरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगतगरी नीति बनाउदा त्यसको दीर्घकालीन असरलाई समेत ध्यान दिनुपर्ने नाडाले जनाएको छ । सरकारले यस्ता विभिन्न बस्तुगत तथ्यहरुलाई मनन गर्दै आउँदो बजेटको तर्जुमा गर्दा सवारी साधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गरोस भन्ने नाडाले विज्ञप्तिमार्फत जनाएको छ ।

You might also like

Comments are closed.