नाडा र प्रदेश अध्यक्षहरूबीच अन्तरक्रिया सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र प्रदेश अध्यक्षहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा आयोजित कार्यक्रममा नाडा पदाधिकारी तथा सदस्यहरू र नाडा अन्तर्गतका प्रदेश एसोसिएसनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष दुलालले नाडाले देशभरका व्यवसायीलाई समेटेर अगाडि बढ्न सफल भएको बताए ।

कार्यक्रममा नाडाका उपाध्यक्ष आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सचिव अनुप बराल, नाडा अन्तर्गतका प्रदेश अध्यक्षहरू लगायतले बोलेका थिए । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारणसभाको पुर्वसन्ध्यामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.