अर्थतन्त्र चलायमान बनाउन नाडा अटो शो प्रभावकारी – सम्पादकीय

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले चार वर्षको अन्तरालपछि १५औं संस्करणको ‘नाडा अटो शो’ काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको छ । भदौ २६ गते सुरु भएको अटो शो ३१ गतेसम्म चल्नेछ । बिगतमा कोभिडका कारण नेपाल मात्र नभएर विश्वका हरेक गतिविधि प्रभावित भएको थियो । त्यसैका कारण यो चार वर्षदेखि हुन सकेको थिएन । गतवर्ष इभी शो भएको थियो जसले यसवर्ष नाडा अटो शोको लागि मार्ग प्रशस्त गरेको थियो र त्यसैले उत्साहित भएर पनि व्यवसायीले यस वर्ष यो प्रदर्शन गर्न सम्भव र सफल भएको मान्न सकिन्छ ।

मुलुकको आर्थिक अवस्था कमजोर छ । बन्दव्यापार, उद्योग धन्दा र आर्थिक कारोबारका क्रियाकलाप न्यून र कमजोर अवस्थामा छन् । आयात घटाएर निर्यात बढाउनुपर्ने र त्यसको लागि मुलुकमै उत्पादन, उद्योगधन्दा, रोजगारी तथा आर्थिक क्रियाकलाप बढाउनुपर्ने सबैको साझा दायित्व हाम्रो सामु छ । यस्तो अवस्थामा देशको आर्थिक मन्दीलाई उकास्ने र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने अभिप्रायले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले यो प्रदर्शनी तथा शो आयोजना गरेको छ । जुन सकारात्मक र प्रशंसायोग्य कार्य हो ।

यस्तो अवस्थामा सरकारले पनि व्यवसायीका समस्या, माग र गुनासा सुनेर व्यावसायिक कारोबारलाई अभिवृद्धि गर्न सकारात्मक योगदान दिनेनैछ । राजश्व अभिवृद्धिमा टेवा पुग्ने गरी व्यवसायीका समस्या समाधान गर्ने प्रकारका नीति र कार्यक्रम ल्याउन पनि ध्यान दिनुपर्दछ । अर्थमन्त्री डा. प्रकाशशरण महत स्वयमले नै यो भव्य कार्यक्रमको उद्घाटन गरेर व्यवसायीका कुरा सुन्नुभएको छ जुन सरकारका तर्फबाट सकारात्मक कदम हो ।

jutta mela

अटो क्षेत्रले सरकारलाई राजश्व पनि धेरै बुझाउँछ । नाडा अटो शोमा अर्बौंको कारोबार हुने भएकाले व्यवसायी पनि उत्साही भएका छन् । एक प्रकारले शिथिल अवस्थामा रहेको समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक कारोबारसमेत बढाएर समग्र मुलुकको अर्थतन्त्रलाई पनि यसले आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने विश्वास छ । यसप्रकारका आर्थिक क्षेत्रलाई चलायमान बनाउने गतिविधि, कार्यक्रम र प्रदर्शनी निरन्तर हुन आवश्यक छ जसले आर्थिक गतिविधि पनि बढाउँछ । यस कार्यमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको यो कार्यक्रम प्रशंसनीय छ ।

यो प्रदर्शनीमा उपभोक्ताको क्रमशः भीड बढेको छ । उपभोक्तालाई आकर्षित गर्न र सवारी साधनको व्यापारलाई चलायमान बनाउन यसले मद्धत गर्नेनैछ । यसप्रकारका अटो शोमा नयाँनयाँ ब्राण्ड तथा मोडलका गाडी आयात भएर नेपालमा लन्च हुने अवसर मिल्छ भने अहिलेको समयको माग अनुसार उपभोक्ताका चाहना अनुसार सवारी साधन एकै ठाउँमा छनौट गर्ने र किन्ने अवसर पनि यसले दिन्छ । यस्तोमा केही छुट र अफर पनि उपलब्ध हुन्छ । त्यसैले ग्राहकका लागि पनि यो उपयुक्त अवसर हो । यसप्रकारको सफल प्रदर्शनी गर्न र यसलाई निरन्तरता दिन एसोसिएसनको अहिलेको नेतृत्व र पदाधिकारीहरुले पक्कै ध्यान दिनेनै छन् । नाडा अटो शोको सफलताको शुभकामना ।

You might also like

Comments are closed.