नाडा अटो शो अपेक्षा भन्दा सफल भयोः महासचिव उप्रेती

सुरेन्द्रकुमार उप्रेती (सुरेश), महासचिव, नाडा

नाडाद्वारा आयोजित १५औं संस्करणको अटो शो आइतबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको अटो शोमा दर्शकको उपस्थिति निकै उत्साहजनक रह्यो । हामीले ७५ हजार जनाको अपेक्षा गरेकोमा ७६ हजार १ सय जनाले अवलोकन गर्नुभयो । यसबाट के पुष्टि हुन्छ भने हाम्रो अनुमान भन्दा पनि बढी सफलता अटो शोमा मिलेको छ । सबैको साथ, सहयोग र सहकार्यबाट नै अटो शो सफल भएको हो ।

प्रतिकुल अवस्थामा अटो शो गर्दा कस्तो हुने हो भन्ने चिन्ता पनि थियो । जुन चिन्तालाई सहभागी दर्शकहरुले उत्साहमा परिणत गरिदिनुभएको छ । दर्शकको सहभागितासँगै कारोबार र बुकिङमा पनि उत्साह देखिएको छ । अटो शोमा सहभागी व्यवसायीबाट पनि हामीले राम्रो र सकारात्मक प्रतिक्रिया पाएका छौं । अटो शोमा सहभागी नहुने व्यवसायीले अटो शोको सफलता पछि सहभागी हुनुपर्ने रहेछ भन्ने प्रतिक्रिया दिनुभएको छ ।

यस पटकको अटो शोले देशको आर्थिक गतिविधि बढाउन पनि योगदान पुगेको हामीले अपेक्षा गरेका छौं । नजिकिदै गरेका चाडपर्वको मुखमा आयोजना भएको अटो शोले नेपालको अटोमोबाइल व्यवसायलाई चलायमान बनाउँदै सकारात्मक योगदान गरेको छ ।

यसैक्रममा नाडा अटो शो सम्पन्न गर्नमा योगदान गर्ने नाडा कार्यसमिति, सम्पूर्ण अटोमोबाइल व्यवसायी, सञ्चारकर्मी, प्रहरी, ट्राफिक प्रहरी, कर्मचारी, संस्थाका सदस्य, देशभरबाट अटो शोमा सहभागी अवलोकनकर्ता, प्रायोजक लगायत अटो शो सफल बनाउन साथ दिने र सहकार्य गर्ने सम्पूर्णमा आभार तथा कृतज्ञता ज्ञापन गर्दछु ।

नाडा महासचिव उप्रेतीसँग गरिएको कुराकानीमा आधारितः

You might also like

Comments are closed.