नाडाको निर्वाचन पुस २० र २१ गते, सदस्यता नवीकरण गर्न आग्रह

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन पुसमा हुने भएको छ ।

नाडाको ४७औं वार्षिक साधरण सभा तथा निर्वाचन पुस २० र २१ गते काठमाडौंमा हुनेछ ।

मंसिर ११ गते नाडा सचिबालय टेकुमा बसेको २२औं केन्द्रीय कार्य समिति बैठकले पुसमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले जानकारी दिए ।

यसैबीच, आर्थिक वर्ष २०८०/८१ सम्मको सदस्य नवीकरण गर्न बाँकी रहेका सदस्य फर्म, कम्पनी तथा प्रदेश सदस्यहरुले समयमा नै आफ्नो सदस्यता नवीकरण गर्न नाडाले आग्रह गरेको छ ।

You might also like

Comments are closed.