नाडा निर्वाचन पुस २० र २१ गते काठमाडौंमा, अध्यक्षमा गोल्छा र चौधरी भिड्ने

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन पुसमा हुने भएको छ ।

नाडाको ४७औं वार्षिक साधरण सभा तथा निर्वाचन पुस २० र २१ गते काठमाडौंमा हुनेछ ।

मंसिर ११ गते नाडा सचिबालय टेकुमा बसेको २२औं केन्द्रीय कार्य समिति बैठकले पुसमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले जानकारी दिए ।

यसैबीच, आर्थिक वर्ष २०८०/८१ सम्मको सदस्य नवीकरण गर्न बाँकी रहेका सदस्य फर्म, कम्पनी तथा प्रदेश सदस्यहरुले समयमा नै आफ्नो सदस्यता नवीकरण गर्न नाडाले आग्रह गरेको छ ।

नाडा निर्वाचन मिति घोषणा भएसँगै चुनावी सरगर्मी बढेको छ । यस अगाडि अध्यक्षमा ध्रुव थापासँग पराजीत सिजी होल्डिङसका करण चौधरी यस पटक पनि नाडा अध्यक्षमा उठ्ने भएका छन् । चौधरीसँग गोल्छा ग्रुपका आकाश गोल्छा चुनावी प्रतिस्पर्धामा होमिने छन् ।

यस अगाडि अध्यक्षको तयारीमा रहेका सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अध्यक्षमा चौधरीलाई समर्थन गरिसकेको बताइएको छ । सर्वसम्मत अध्यक्ष चयन हुँदा श्रेष्ठ पनि अध्यक्षको दावेदार नै रहेको उनी निकट स्रोतले बतायो ।

नाडाको निर्वाचन सर्वसम्मत गराउन बर्तमान कार्यसमितिका अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल लगायत अन्य पदाधिकारीहरुले प्रयास गरिरहेका छन् । सहमतिमै नेतृत्व चयन हुने दावी गरिएपनि हालसम्म त्यो प्रयास सफल भएको छैन ।

You might also like

Comments are closed.