नाडामा सहमतिबाटै नेतृत्व चयन गर्न चौधरी र गोल्छा दुवै तयार

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्ष सहमतिमा चुनिने भएको छ । अध्यक्षका प्रत्यासी करण चौधरी र आकाश गोल्छा दुवैले सहमतिमा नेतृत्व चयन गर्न आफूहरु तयार रहेको बताएका छन् ।सोमबार नाडाका अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश), नाडा पदाधिकारी लगायतको उपस्थितिमा दुवै पक्षबीच भएको बैठकमा सहमतिमा नेतृत्व चयन गर्ने सहमति भएको हो ।

सहमतिमा नेतृत्व चयन गर्दा राम्रो सन्देश जाने र व्यवसायीहरुबीच एकताको भावना विकास हुने अध्यक्ष थापाले बताए । अध्यक्षका प्रत्यासी दुवै जना सहमतिमा नेतृत्व चयन गर्न तयार रहेको पनि उनले जानकारी दिए ।

सहमतिको अन्तिम रुप दिनेगरी आज पूर्व अध्यक्षहरुसहितको बैठक बस्न लागेको महासचिव उप्रेतीले जानकारी दिए । ‘अध्यक्षका प्रत्यासी दुवै जना, पूर्व अध्यक्षहरुसहितको बैठक बसेर सहमतिमा नेतृत्व चयन हुँदैछ,’ उनले भने ।

 

lcci
You might also like

Comments are closed.