सहमतिले नाडाको गर्व र प्रतिष्ठा बढाएको छः करण चौधरी

काठमाडौं । नाडामा सहमति भएसँगै सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा रहेका करण चौधरीले यो सहमतिबाट संस्थाको गर्व र प्रतिष्ठा बढाउन योगदान पुग्ने बताएका छन् ।

आर्थिक आवाजसँग कुरा गर्दै उनले भने, ‘नाडामा भएको सहमतिले संस्थाको गर्व र गरिमा बढाउन भूमिका खेल्नेछ ।’

सहमतिसँगै अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत हुनेछन् । अध्यक्षका प्रत्यासी आकांक्षीहरु आकाश गोल्छा र प्रकाश कपुरी सहमतिमा अध्यक्षबाट ब्याक भएसँगै चौधरी सर्वसम्मत अध्यक्ष हुने बाटो खुलेको हो । चौधरी पछिको अध्यक्ष गोल्छा बन्ने पनि सहमति भएको छ ।

You might also like

Comments are closed.