नाडा अध्यक्षमा डल्लाकोटीको समर्थन पनि चौधरीलाई

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका नवराज डल्लाकोटीले उम्मेदवारी नदिने भएका छन् । डल्लाकोटीले अध्यक्षमा करण चौधरीलाई समर्थन गर्दै उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

सहमतिमा नेतृत्व चयन गर्दा राम्रो सन्देश जाने र व्यवसायीहरुबीच एकताको भावना विकास हुने धारणासहित नाडामा सहमति गरेर करण चौधरीलाई अध्यक्ष बनाउने प्रयास भइरहेको नाडाले जनाएको छ ।

बिहीबार बसेको बैठकमा डल्लाकोटीले चौधरीलाई समर्थन गरेको नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले जानकारी दिए । नाडामा सर्वसम्मत अध्यक्ष चयन गर्नका लागि आकाश गोल्छा र प्रकाश कपुरीले पनि चौधरीलाई समर्थन गरिसकेका छन् ।

नाडाको ४७औं साधारणसभा पुस २० र २१ गते काठमाडौंमा हुँदैछ । साधारण सभाको तयारी तिव्र पारिएको नाडाले जनाएको छ ।

You might also like

Comments are closed.