नाडामा समिति सभापति चयन, अटो शोको संयोजकमा अनुप चयन

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल (नाडा)को नवनिर्वाचित कार्यसमितिले विभिन्न सभापतिहरु चयन गरेको छ ।

मंगलबार बसेको बैठकले अटो शोको संयोजक अनुप बराललाई चयन गरेको छ । अघिल्लो कार्यसमितिमा बराल सोही जिम्मेवारीमा दिए । नाडाको आमन्त्रित सदस्यसहित अटो शो संयोजकमा बराललाई चयन गरिएको जनाइएको छ ।

राजश्व समिति सभापतिमा वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, स्किल डेभलपमेन्ट र इभी समिति सभापतिमा उपाध्यक्ष राजनबाबु श्रेष्ठ, चारपाङ्ग्रे भेहिकल समिति सभापतिमा उपाध्यक्ष निराकार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै हेभी इक्यूपमेन्ट समिति सभापतिमा मीलनबाबु मल्ल, प्रदेश समन्वय तथा सदस्यता वितरण समिति सभापतिमा प्रकाश कपुरी, दुई पाँग्रे सवारीसाधन समितिमा अभिक ज्योति, वातावरण समितिमा कपिल शिवाकोटी, स्पेयर पार्टस समितिमा दीपेन्द्र मिश्र, डिष्ट्रिब्युटर तथा डिलर समन्वय समितिमा दीपकराज गिरी चयन भएका छन् ।

 

 

You might also like

Comments are closed.