नाडाको स्पेयर पार्टस समितिको जिम्मेवारी दीपेन्द्रलाई

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल अन्तर्गतको स्पेयर पार्टस् समितिको सभापतिमा दीपेन्द्र मिश्र चयन भएका छन् ।

४७औं साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको मंगलबार बसेको बैठकले विभिन्न उपसमितिहरु चयन गरेको हो ।

स्पेयर पार्टस् आयात गरी नेपालमा बिक्री वितरणको लामो समयको अनुभव मिश्रसँग छ ।

नेपालमा स्पेयर्स पार्टसको व्यवसायलाई थप व्यवस्थित गराउन र व्यावसायिक हितमा काम गर्न आफ्नो समितिले सक्दो पहल गर्ने उनले बताए ।

उनी सत्यदीप इन्टरनेशनलका प्रवन्ध निर्देशक हुन् ।

You might also like

Comments are closed.