काठमाडौं । नाडाको सचिवाल टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा बसेको सो छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतीय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठ्यक्रम बनाई कसरी अगाडि बढ्ने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरिएको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती सुरेशले जानकारी दिए ।
बैठकमा सो प्रोजेक्टका तर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति थियो ।
छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति थियो ।
Comments are closed.