व्यवसायमैत्री नीति ल्याउन नाडाले राज्यलाई दबाब दिइरहेको छः अध्यक्ष चौधरी

पोखरा । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले पछिल्लो समय अटोमोबाइल व्यवसायमा आर्थिक मन्दीको असर देखिएको बताएका छन् । आर्थिक मन्दीबाट पार पाउनका लागि देशभरका अटोमोबाइल व्यवसायीहरु एक भएर अगाडि बढ्नुपर्ने बताए ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को टोलीसँग पोखरामा आयोजित अन्तरक्रिया तथा छलफलमा बोल्दै चौधरीले आर्थिक चलायनमान बनाउन राज्यले पहल गर्नुपर्ने र आर्थिक चलायमान भएपछि क्रमशः व्यापारमा पनि सुधार आउने विश्वास व्यक्त गरे । व्यवसायमैत्री नीति ल्याउनका लागि नाडाले राज्यलाई दबाब दिइरहेको पनि उनको भनाइ छ ।

वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ पनि सहभागी थिए ।

jutta mela

नाडा अध्यक्ष र उपाध्यक्षलाई वाडा टोलीले पोखरामा स्वागत गरेको छ । नाडाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक उनी पोखरा आएका हुन् ।

You might also like

Comments are closed.