ऐतिहासिक बन्यो ‘नाडा अटो शो’, ८२ हजार भन्दा बढीले गरे अवलोकन

काठमाडौं । नाडा अटो शो २०२४ सम्पन्न भएको छ । काठमाडौं भृकुटी मण्डपमा ६ दिनसम्म चलेको अटो शो आइतबार सम्पन्न भएको हो ।

नाडा अटो शोको ८२ हजार ४७० दर्शकले अवलोकन गरेको आयोजक संस्था नाडाले जनाएको छ । गत वर्ष ७५ हजार दर्शकले अटो शो अवलोकन गरेका थिए ।

यस वर्ष गत वर्षभन्दा अटो शोको क्षेत्रसमेत विस्तार गरिएको थियो । दर्शकको समेत उत्साहजनक उपस्थितिले अटो शो अपेक्षा भन्दा बढी सफल भएको संयोजक अनुपकुमार बरालले बताए ।

‘निकै ब्यवस्थित रुपमा अटो शो सञ्चालन गर्न हामी सफल भयौं,’ उनले भने, ‘प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण प्रदर्शनी गत वर्षहरुमा भन्दा निकै भब्य बन्यो ।’

प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सि.जि मोेटर्स प्रालि रिडराले जितेको छ । उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल ब्रैैद्य इनर्जि प्रा.लि अथेरले जितेको छ । लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एम.ए.डब्लुु प्र्रालि सोकोनले जितेको छ । वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा.लि. भिडोलले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, जाम र इमानका प्रतिनिधि तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका प्रतिनिधि समेत सदस्य रहनेगरी चार सदस्यीय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

मुख्य प्रायोजक टाटा इभीले गरेको नाडा अटो शो २०२४ का लागि सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिंकले गरेको थियो । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । विजेताले आफ्नो टिकट सहित नाडाको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो र प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, निबर्तमान अध्यक्ष डा.धु्रव थापा, पूर्व अध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, आकाश गोल्छा प्रदेश उपाध्यक्षद्वय पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवालले १३५ कम्पनीहरुलाई क्रमशः मोमेण्टो वितरण गरेका छन् ।

नाडा अटो शो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम समेतको आयोजना गरेको छ । नाडा केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ६३ जनाले रक्तदान गरे ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिए ।

lcci
You might also like

Comments are closed.