नाडा अटो शोमा कम्पोनेन्टको पेभेलियनले विविधता देखाउन सफल भयो

विक्रम सिंघानिया, सचिव, नाडा

नाडाद्वारा आयोजित १६औं संस्करणको नाडा अटो शो २०२४ भव्य रुपमा सम्पन्न भएको छ । नाडा अटो शोमा सबैैभन्दा बढी विद्युतीय गाडीमा दर्शकको आकर्षण देखियो । नाडा अटो शोमा चारपाँग्रे सवारीका साथै अन्य स्टलहरुमा पनि दर्शकको आकर्षण उत्साहजनक रहेको नाडा सचिव विक्रम सिंघानियाले बताए ।

‘नाडा अटो शोमा हामीले अटोमोबाइलसँग सम्बन्धित सबै कम्पोनेन्टहरुलाई प्रदर्शनीमा राख्न सफल भयौं,’ उनले भने । अटो शो भन्ने वित्तीयकै धेरैलाई गाडी तथा बाइक हेर्न जाने भन्ने लाग्ने गरेको तर गाडी तथा बाइक खरिदपछि त्यसको सुरक्षाका लागि आवश्यक पर्ने बस्तुहरुको पनि सवारी धनीलाई ज्ञान हुनुपर्ने उनले बताए ।

‘अटो शोमा हामीले सबै कम्पोटेन्टहरुको स्टलको पनि छुट्टै पेभेलियन बनाएर राख्यौं,’ उनले भने । गाडी तथा बाइकमा प्रयोग हुने टायर, लुब्रिकेन्ट्स, पार्टस, ब्याट्री लगायतको बारेमा जानकारी दिन र कम्पोनेन्टहरुप्रति चासो बढाउन अटो शो सफल भएको उनको भनाइ छ ।

बिटुबी तथा बिटुसी दुवै मोडलमा अटो शो सफल भएको सिंघानिया बताएँछन् । ‘यहाँ आएर कतिपय ग्राहकले आफ्नो लागि आवश्यक सामानको सिधै डिल गरेका छन् भने कतिपय व्यवसायीले आफ्नो डिलरका लागि ब्राण्ड रोज्ने र डिल गर्ने काम भएको छ,’ उनले भने । नाडा अटो शोमा अटोमोबाइलका प्रडक्टहरुको विविधता ल्याउनमा कम्पोनेन्टका स्टलहरुको विशेष योगदान रहेको उनले बताए ।

lcci
You might also like

Comments are closed.