काठमाडौं । चितवन अटोमोबाइल एसोसिएसनलाई नाडाले ूउत्कृष्ट च्याप्टर अवार्डू प्रदान गरेको छ। काठमाडौंमा आयोजित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औं साधारणसभाको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।
देशभरका प्रादेशिक च्याप्टरहरूको स्वतन्त्र मूल्यांकन गर्दै नाडासँगको सहकार्य, कार्यक्रम आयोजना तथा विभिन्न गतिविधिहरूको आधारमा चितवन च्याप्टरलाई उत्कृष्ट घोषित गरिएको हो।
नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा चितवन च्याप्टरका अध्यक्ष कुलबहादुर क्षेत्रीले अवार्ड ग्रहण गरे। कार्यक्रममा नाडाको आगामी योजनाहरू, अटोमोबाइल उद्योगका चुनौतीहरू र सम्भावनाबारे समेत छलफल गरिएको थियो।
नाडाले प्रत्येक वर्ष आफ्नो च्याप्टरहरूको काम, योगदान र उपलब्धिको समीक्षा गर्दै उत्कृष्ट च्याप्टरलाई सम्मान गर्ने परम्परा रहेको छ।
Comments are closed.