कम्पोनेन्ट उद्योगहरुको सम्भावना राम्रो छ, नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ

सुरेन्द्रकुमार उप्रेती, महासचिव, नाडा

नाडाको ४८औं साधारणसभा मंसिर ३० गते सम्पन्न भएको छ । बिगतमा गरेका कामको समिक्षासहित भावी योजना बनाउँदै साधारणसभा सम्पन्न भएको महासचिव सुरेन्द्रकुमार उप्रेती बताउँछन् । यसैक्रममा अटोमोबाइल व्यवसायमा केन्द्रित रहेर महासचिव सुरेन्द्रकुमार उप्रेतीसँग गरिएको संक्षित संवाद ।

नाडाको ४८औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा समग्रमा कस्तो रह्यो ?

हामीले बिगतमा गरेका कामको समिक्षा गर्दै भावी योजना बनाउन साधारणसभा महत्वपूर्ण रह्यो । देशभरबाट सदस्यहरुको उत्साहजनक उपस्थिति रह्यो । हाम्रा सदस्यले दिनुभएका सुझावहरु लिपिबद्ध गरेका छौं । सबै व्यवसायीको हित हुने गरी आएका सुझावहरु क्रमशः कार्यान्वयन हुनेछन् । सबै व्यवसायीले अपनत्व महसुस गर्ने गरी हामी नाडालाई अगाडि बनाउनेछौं ।

पछिल्लो समय नाडाले के कस्ता काम गरिरहेको छ ?

नेपाल सरकारका सम्पूर्ण निकायमा नाडाको पहुँच पु¥याउनुपर्छ भनेर भौतिक पुर्वाधार मन्त्रालय, यातायात मन्त्रालय, अर्थ मन्त्रालय, राजस्व विभाग, भन्सार विभाग तथा सरकारी विभिन्न निकायमा नाडाको प्रतिनिधित्व गराइररहेका छौं । यसले अटोमोबाइल क्षेत्रका समस्या सम्वन्धित निकायमा पु¥याउन सहज भएको छ । अन्य निकायसँग पनि हामी जोडिने तयारीमा छौं । हामीले प्रदेशमा रहेका संस्थासँग कार्ययोजना मागेका छौं । यो वर्षभरी के केस्ता कार्यक्रम कसरी गर्ने भनेर सुझाव माग्नुहुन्छ, व्यवसायीको हकहित हुने तथा प्रत्यक्ष रुपमा जोडिने खालका कार्यक्रम गर्न सुझाव दिन्छौं र हामी पनि सोही अनुशार योजना बनाउछौं र सहकार्य गर्दै अगाडि बढेका छौं ।

अहिले अटोमोबाइल व्यवसायको अवस्था कस्तो छ ?

अटोमोबाइल क्षेत्रमा मन्दी नै छ । व्यवसायी निरास हुनुहुन्छ तर हरेश खानुभएको छैन । अवस्था सहज हुनेमा आशावादी हुनुहुन्छ । समय परिस्थिति अनुशार विभिन्न समस्या आएका छन् । कोभिड तथा त्यसपछि आर्थिक मन्दीका कारण व्यवसायीका लागि धेरै अप्ठ्यारो समय बनेको छ । अस्थिर सरकार, सरकारी निकायबाट भुक्तानी हुनुपर्ने रकम समयमा नहुनु, नयाँ नयाँ प्रोजेक्ट नआउनाले आर्थिक गतिविधि चलायमान नभएकाले पनि अटोमोवाइल व्यवसाय धरापमा परेको हो । व्यवसायी पलायन भएको अवस्था छ । सरकारले पनि खासै ध्यान दिएको अवस्था छैन । सरकारले व्यवसाय तथा व्यवसायीलाई संरक्षण नगरेको अवस्था छ । सरकारले हेर्ने दृष्टिकोण नै नकारात्मक छ । दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु आवश्यक छ । नीतिगत कुरामा पनि सरकार चुकेको छ । सरकारले व्यवसायीमैत्री नीति नियम बनाएर अगाडि बढ्नुपर्छ ।

पछिल्लो समय अटोमोबाइलमा कम्पोनेन्ट उद्योगहरु नेपालमा पनि बढिरहेका छन् । नेपालमा अटोमोबाइल उद्योगको सम्भावना देख्नुहुन्छ ?

नेपालमा समग्र रुपमा हेर्ने हो भने कर्पोरेट उद्योग खुलाउन तथा अटोमोवाइल क्षेत्रसँग सम्वन्धित प्रडक्ट नेपालमा उत्पादन गर्नका लागि सम्भावना र सम्भाव्यता राम्रो छ । कच्चा पदार्थ ल्याउँदा धेरै महंगो पर्ने तर उत्पादन बजारमा ल्याइसकेपछि नेपाली उत्पादन हो भनेर सस्तो मूल्यमा बेच्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा व्यवसायी दीर्घकालीन रुपमा व्यवसायमा टिक्न नसक्ने अवस्था आउँछ । सरकारले व्यवसायीका लागि सहज वातावरण सृजना गर्न आवश्यक छ । नेपाली उत्पादनलाई सबैले प्राथमिकता दिनुपर्छ । अटोमोबाइल क्षेत्रबाट देशमा आर्थिक क्रान्ति ल्याउन सम्भव छ भनेर सरकार लाग्नुपर्छ । नीतिगत व्यवस्था पनि राम्रो हुनुपर्छ । अटोमोबााइल व्यवसायको सम्भाव्यता राम्रो भएपनि नीतिगत कुरा नभएका कारण अप्ठ्यारो छ । अब राज्यले सहुलियत दिनुपर्छ । भन्सारमा ल्याइएका सामान नेपाल भित्र्याउन पनि व्यवसायीले धेरै सास्ती खेप्नुपरिरहेको छ । अटोमोबाइल व्यवसायलाई व्यवस्थित बनाउन सरकारले दीर्घकालीन नीति नियम बनाएर अगाडि बढ्नुपर्छ । पछिल्लो समय नेपालमा कम्पोन्ट उद्योग बढेको छन् । सरकारी नीति व्यवसायीमैत्री भए अझै बढ्न सक्छन् ।

चोरी पैठारीको गुनासो पनि आउने गरेको छ । चोरी पैठारी नियन्त्रण किन हुन सकेको छैन ?

जेन्युन काम गर्ने व्यवसायीका लागि सरकारका हरेक निकायमा अप्ठ्यारा आउँछन् । चोरी पैठारी गर्ने तथा गैरकानुननी व्यवसाय गर्नेतर्फ सरकारको ध्यान गएको छैन । यसलाई रोक्नतर्फ ध्यान दिएको पाइदैन । जेन्युन व्यवसायी भने विस्थापित हुनुपर्ने अवस्था छ । सीमा नाकामा कडाई गरेर चोरी पैठारी नियन्त्रण गर्न राज्य संयन्त्र लाग्नुपर्छ ।

 

lcci
You might also like

Comments are closed.