निशेधाज्ञा लागु भएको समयमा कर बुझाउन सकिदैनः नाडा

काठमाडौं । निशेधाज्ञा लागु भएको समयमा व्यवसायीले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा)ले बताएको छ । दोस्रो चरणको कोरोना संक्रमण बढ्दो क्रममा रहेको सन्दर्भमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा सरकारले निशेधाज्ञा लागु गरेको छ ।

स्वास्थ्य सुरक्षाको दृष्ट्रिकोणले व्यवसायीहरु आफ्नो कार्यालयसमेत जान सक्ने अवस्था नरहेकाले वैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने कर तथा अन्य आवश्यक कागजातहरु निशेधाज्ञा खोलेको मितिबाट एक हप्ता पछिसम्म बुझाउन सकिने व्यवस्था गर्न नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरुले आफ्ना अटोमोबाइल वर्क शपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरुमा बुझाइ यो महामारीमा सहयोग गर्नसमेत नाडाले आग्रह गरेको छ ।

jutta mela

You might also like

Comments are closed.