नाडाद्वारा शान्ति निकुन्ज आइशोलेशन केन्द्रलाई सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालले शान्ति निकुन्ज आइसोलेसन केन्द्रलाई सहयोग गरेको छ । नाडाले आइसोलेसन केन्द्रका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामान सहयोग गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाडौं महानगरपालिका वडा न.२० का वडा अध्यक्ष राजेन्द्र मानन्धरमार्फत शुक्रबार सामान हस्तान्तरण गरेका हुन् ।

नाडाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस अगाडि पनि विभिन्न संघसंस्था तथा सरकारलाई सहयोग गर्दै आइरहेको छ ।

jutta mela

You might also like

Comments are closed.