‘अटोमोबाइल्स पारदर्शी र सम्मानित व्यवसाय’

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोबाइल्स व्यवसाय सम्मानित पेशा भएको बताएका छन् । अटोमोबाइल्स व्यवसाय पारदर्शी व्यवसाय भएको बताउँदै उनले भन्सार करमा यसको योगदान महत्वपूर्ण रहेको धारणा राखे ।  ६९औं भन्सार दिवसको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आइतबार आयोजित भन्सार, भिसिटिएस (मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भिसिटिएस प्रणालीले व्यवसायलाई पारदर्शी, सहज तथा व्यवस्थित बनाएको बताए ।

‘नेपालमा सबैभन्दा बढी आयकर तिर्ने अटोमोबाइल व्यवसाय हो,’ उनले भने, ‘यो क्षेत्रको व्यापारलाई व्यवस्थित गर्दै गइरहेका छौं ।’ आगामी दिनमा नाडा र भन्सार प्रशासन मिलेर अटोमोबाइल व्यवसायलाई थप व्यवस्थित गर्न सकिने उनले बताए । व्यवसाय गर्ने क्रममा व्यवसायीलाई कुनै समस्या भएमा समय समयमा छलफल तथा अन्तरक्रिया गरेर समस्या सुल्झाउन सकिने उनले बताए । व्यवसायीलाई सहज हुने गरी भन्सार प्रशासन प्रविधिमैत्री बन्दै गइरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल्स व्यवसायीहरुले समय समयमा कर तथा भिसिटिएस सम्बन्धी समस्या झेल्नुपरेको बताए । अटोमोबाइल्स व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए । यस्ता कार्यक्रमले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुनुका साथै आफ्नो व्यवसाय विस्तार गर्न थप सहज हुने उनको भनाइ छ । बिगत केही वर्ष अघिदेखि नाडाले यस्तो कार्यक्रमहरु राजधानीमा र प्रदेशस्तरमा गर्दै आइरहेको छ ।

jutta mela

कार्यक्रममा भन्सार विभागका तर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सूर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए । त्यसैगरी नाडाकातर्फबाट सि.ए. साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिए । कार्यक्रममा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्यहरु अभिक ज्योती, धुव्र बहादुर थापा, सुरज भट्टराई र कपिल सिवाकोटी लगायतको उपस्थिति थियो ।

कार्यक्रमका झलकहरुः

You might also like

Comments are closed.