कोरोना महामारी नियन्त्रण अभियानमा नाडाको साथ, ए.पि.एफ अस्पताललाई सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना संक्रमण रोकथामका लागि योगदान पुर्याउन विशेष सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार वटा गरी मेडिकेटेड सामानहरु नाडाले सहयोग गरेको हो ।

नेपाल ए.पि.एफ अस्पताल अन्तर्गतको कोभिड—१९ युनिफाईड अस्पताललाई नाडाले उक्त सामान सहयोग गरेको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । अस्पतालका प्रा.स प्र उपनिरीक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष दुलालले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गरिदै प्रतिबद्धता व्यक्त गरे । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा नाडाले सहयोग गरेको दुलालले बताए । ‘नाडाले बिगतमा पनि यस्ता सहयोग गर्दै आइरहेको थियो,’ उनले भने, ‘आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछौं ।’

कार्यक्रममा डा. मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु¥याइ दिएकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरप प्राप्त मेडिकेटेड सामानहरु अस्पतालमा आएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने बताइन् ।

jutta mela

हस्तान्तरण कार्यक्रममा सो अस्पतालकातर्फबाट प्रा.स.प्र उपरीक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिङ मेट्रोन प्रा.स.प्र नायव उपरीक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति थियो । कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मीलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति थियो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन महासचिव रिजालले गरेका थिए ।

 

You might also like

Comments are closed.