नाडा कार्यसमिति सदस्यबाट रिजाललाई किन हटाइयो ? रिजाल अदालत जाने, विशेष साधारणसभा स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले कार्यसमिति सदस्यबाट सुनिल रिजाललाई हटाएको छ । बिहीबार बसेको नाडाको कार्य समितिको २२औं बैठकले रिजाललाई कारबाही गर्दै जिम्मेवारीबाट हटाएको स्रोतले बतायो ।

रिजालले नाडाको हित बिपरितको कार्य गरेको भन्दै नाडाले यस अगाडि स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको ठहर गर्दै नाडाले रिजाललाई केन्द्रीय सदस्यबाट हटाएको छ ।

आफूलाई जिम्मेवारीबाट हटाएसँगै रिजालले आफू अदालत जाने प्रतिक्रिया दिएका छन् । आफूले नाडाको हित बिपरित कुनै कार्य नगरेको र नियोजित रुपमा कार्यसमिति सदस्यबाट हटाइएको रिजालले बताएका छन् । ‘म अदालत जाने बाटो खुल्ला छ,’ उनले भने ।

यसैबीच नाडाले भदौ २४ गतेलाई आह्वान गरेको विशेष साधारणसभा समेत स्थगित भएको छ । सोही बैठकले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । तत्कालका लागि विशेष साधारणसभा स्थगित भएको र आवश्यकता अनुसार छिट्टै साधारणसभा आह्वान हुने नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।

You might also like

Comments are closed.