नाडालाई महासंघमा रुपान्तरणको प्रस्तावसहित पुस ९ गते साधारणसभा आह्वान

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४९औं वार्षिक साधारणसभा पुस ९ गते हुने भएको छ ।

नाडालाई नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित नियमित साधारणसभा हुन लागेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एसोसिएसनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौ १९ गते बसेको २२औं र मंसिर १५ गते बसेको २४औं केन्द्रीय कार्य समितिको बैठकले नाडालाई महासंघमा लैजाने प्रस्ताव गरेको छ ।

पुस ९ गते बोलाइएको साधारणसभामा उपस्थित हुन नाडाले देशभरका सदस्यहरुलाई आह्वानसमेत गरेको छ ।

You might also like

Comments are closed.