lcci festival

नाडा निर्वाचन पुस २५ गते हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा सम्पन्न भएको छ । संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित सभामा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको नाडाले जनाएको छ ।

संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५४८ सदस्यहरूमध्ये १ हजार ४८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा साधारणसभा सम्पन्न भएको जनाइएको छ ।

कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको जनाइएको छ । विधान संशोधनमा प्रशासनले रोकेको थियो ।

संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको महासचिव सुरेन्द्र कुमार उप्रेती सुरेशले जानकारी दिए । आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको उनले जानकारी दिए ।

त्यसैगरी , अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको बताइएको छ ।

यसैगरी नयाँ कार्यसमिति चयनका लागि यही पुस २५ गते निर्वाचन गर्ने निर्णय भएको नाडाले जनाएको छ । महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भएको छ ।

You might also like

Comments are closed.