काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन् ।
नाडाको निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ताको लागि पुस १७ गते बिहीबार ११ बजेसम्मको समय तोकिएको थियो । उक्त समय भित्र अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् ।
पुस २५ नाडाको निर्वाचन कार्यक्रम हुँदैछ । अध्यक्षसँगै अन्य पदमा पनि सर्वसम्मतको पहल भइरहेको बताइएको छ । अध्यक्षमा आफूलाई निर्विरोध बनाउन भूमिका खेल्ने सम्पूर्ण नाडा सदस्यप्रति उप्रेतीले आभार व्यक्त गरेका छन् ।
त्यसैगरी सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ । १८ जना मध्य एक जनाले मनोनयन फिर्ता गर्ने र उनलाई मनोनयन गरेर सदस्यमा ल्याउने गरी छलफल भइरहेको जनाइएको छ । अध्यक्षले ३ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाउने व्यवस्था छ । २५ गते हुने निर्वाचन कार्यक्रमबाट सर्वसम्मत नयाँ कार्यसमिति घोषणा हुनेछ । कार्यसमिति सदस्यहरुबाट पदाधिकारी निर्वाचित हुनेछन् ।




Comments are closed.