उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको माग

काठमाडौं । निशेधाज्ञा लामो समयसम्म भएको भन्दै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले यथासक्य जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाका महासचिव सुनिल रिजालद्वारा विज्ञप्तिमा मार्फत माग गरिएको छ ।

‘थपिदो लकडाउन अवधीका कारण अब जनता स्वयम नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएको र यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको बर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिदै जादा समस्या अरु भयावह हुने निश्चित नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विकट स्थिति आउनु अघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्ट्रिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौं ।’

व्यापार व्यवसाय सञ्चालन गरी आर्थिक क्षेत्र चलायमान बनाउनुपर्ने नाडका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘अर्थतन्त्र धेरै धरासायी भइसकेको छ,’ उनले भने, ‘अब पनि बन्द मात्रै गरेर हुँदैन । सुरक्षाका उपायहरु कडाईका साथ अबलम्बन गर्दै आर्थिक गतिविधि नियमित गर्नुपर्छ ।’

You might also like

Comments are closed.