नाडाको स्वर्ण उत्सव उद्घाटन, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समारोह सम्पन्न भएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । २०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाडौं जिल्लामा स्थापना गरेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नोे ५०औं बर्षकोे शुभ–अवशरमा विभिन्न कार्यक्रम सहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको हो ।
नाडाले आफ्नो ऐतिहासिक स्वर्ण उत्सवलाई सम्झनायोग्य बनाउन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि होटेल याक एण्ड यति दरबारमार्गसम्म विभिन्न विशिष्ट व्यक्तित्व, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, नाडाका पूर्व अध्यक्ष, नाडाका सम्पूर्ण सदस्य कम्पनी र पत्रकारको सहभागितामा वाकाथन कार्यक्रम सम्पन्न भएको छ ।
यसै स्वर्ण उत्सवको अवसरमा नाडाले आफ्ना पूर्व अध्यक्षलाई विशेष सम्मान समेत गरेको छ । यो स्वर्ण उत्सव समारोह असार १३ गतेदेखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सहित राजधानी र ७ वटै प्रदेशमा सम्पन्न हुने नाडाले जनाएको छ ।
यो ५० बर्षको अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने अहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन् । त्यसैगरी यस अवधिमा नाडाको वार्षिक प्रकाशनको रुपमा ३६औं संस्करणको नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्री र ५१औं संस्करणको नाडा अटो न्यूज समेत प्रकाशित गरिसकेको छ। त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भाद्र महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको छ ।
त्यसैगरी नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध बस्तुगत संघहरु मध्ये सो महासंघबाट उत्कृष्ट बस्तुगत एशोसिएशनको पुरस्कारबाट पटक पटक सम्मानित भईसकेको छ । नाडा सन् २०१५ देखि क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ त्तःक् ऋभचतषष्भम इचनबलष्शबतष्यल को रुपमा स्थापित रहेको छ। त्यसैगरी नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरु सम्पन्न गर्दै विभिन्न राष्ट्रिय विपत्तिहरुमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।
यस स्वर्ण उत्सव महोत्सव कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने सो महोत्सवको कार्यक्रम संचालन नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए ।
You might also like

Comments are closed.