व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन लुम्बिनी नाडाको माग

बुटवल । लुम्बिनी अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (लुम्बिनी नाडा) ले कोरोना विरुद्धको खोप व्यवसायीलाई तत्काल उपलब्ध गराउन माग गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै एशोसिएशनले सो माग गरेको हो ।

अटोमोबाइल वर्कसप, शो रुम तथा स्पेयर्स पार्टस समेत समय मिलाएर खोल्न पाइने निर्णय गरिएपनि व्यवसायी, कर्मचारी, टेक्निसियन र श्रमिकलाई खोपको व्यवस्था नगरिएकाले तत्काल खोप उपलब्ध गराउन आग्रह गरिएको एसोसिएसनका अध्यक्ष गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

कोरोना महामारीबाट सुरक्षित रहनको लागि गरिएको निषेधाज्ञा खुकुलो गर्नु सकारात्मक रहेको र यसले अर्थतन्त्रलाई केही मात्रामा भएपनि गतिशील बनाउने व्यवसायीको अपेक्षा छ ।

lcci
You might also like

Comments are closed.