नाडा टोली र अर्थ सचिव ढुंगानाबीच अटो व्यवसायका विषयमा छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पदाधिकारी र अर्थ सचिव शिशीर ढुंगानाबीच आइतबार भेटघाट तथा छलफल भएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा महासचिव सुनिल रिजाल, सचिव अनुप बराल लगायतले ढुंगानालाई भेटेका हुन् ।

भेटघाटका क्रममा अटोमोबाइल व्यवसायका विषयमा छलफल भएको अध्यक्ष दुलालले आर्थिक आवाजलाई जानकारी दिए । अटोमोबाइल व्यवसायका समस्या, समाधानका उपाय लगायत उक्त अवसरमा छलफल भएको थियो ।

You might also like

Comments are closed.