प्रशासनको स्वीकृति लिएर स्वास्थ्य सतर्कतासहित अधिवेशन गर्छौंः दुलाल

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न गर्ने बताएका छन् । शुक्रबार सम्पन्न संस्थाको बैठकले आगामी भदौ २५ गते सोल्टी होटलमा साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको छ ।

‘प्रशासनको स्वीकृति लिएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै साधारणसभा सम्पन्न गर्नेछौं,’ दुलालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘साधारणसभा सम्पन्न गर्न सबैको साथका लागि आग्रह गर्दछु । देशभरका अटोमोबाइल व्यवसायीहरुलाई साधारणसभामा सहभागी हुन दुलालले आह्वान गरेका छन् ।

साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नाडामा यस पटक ३ हजार ३ सय ६५ जना सदस्य आबद्ध भएका छन् । ती सदस्य मध्ये २ हजार ४ सय सदस्य नयाँ छन् । नाडाले यस पटक सातै प्रदेशमा च्याप्टर विस्तार गरेको छ । देशभरबाट सदस्यता आह्वान भएकाले र अधिवेशनसमेत हुने भएकाले सदस्यता बृद्धि भएको र सदस्यतामा नयाँ रेकर्ड कायम भएको संगठन तथा सदस्यता विस्तार सभापति प्रकाश कपुरीले बताए ।

jutta mela

You might also like

Comments are closed.