नाडा अधिवेशन भदौ २५ गते, चुनाव केन्द्रित सदस्यता वृद्धि

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनमा अहिलेसम्मकै सर्वाधिकत सदस्यहरु आबद्ध भएका छन् । नाडामा ३ हजार ३ सय ६५ जना सदस्य आबद्ध भएका छन् ।

नाडाको यस पटकको सदस्यता बृद्धि चुनाव केन्द्रित देखिएको छ । २ हजार ४ सय भन्दा बढी नयाँ सदस्य नाडामा आबद्ध भएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । नाडाको इतिहासमै पहिलोपटक यति धेरै सदस्यता वृद्धि भएको नाडाको संगठन विस्तार सभापति प्रकाश कपुरीले जानकारी दिए ।

आगामी भदौ २५ गते हुने नाडाको अधिवेशनमा २ प्यानलबीच चुनाव हुँदैछ । अध्यक्षमा करण चौधरी र ध्रुव थापाले प्रतिस्पर्धा गर्दैछन् ।

jutta mela

अध्यक्षकै प्रतिस्पर्धीहरुकै पहलमा सदस्यता बृद्धि भएको हो । स्रोतका अनुसार आफू नजिकका सदस्यहरुको सदस्यता शुल्कसमेत अध्यक्षका प्रत्यासी उम्मेदवारहरुले नै तिरेका छन् ।

You might also like

Comments are closed.