काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेकाले यसलाई पुनः गतिशील अवस्थामा पु¥याउन सरकारबाट विशेष पहल गर्न आग्रह गरेको छ । उपाध्यक्ष करण चौधरीको नेतृत्वमा ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले अटोमोबाइल व्यवसायका सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल गरेको गरेको हो ।
भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकाले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे ।
छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो–६÷बिएस–५ लागु गर्न लागेको विषय सह्रानीय भएपनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसंग आग्रह समेत गरे ।
छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधानको उपस्थिति थियो ।
Comments are closed.