नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासंग सहकार्य गर्ने

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ६ सदसिय प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग बिहीबार भेट गरेको छ ।

सो भेटमा महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा No Horn कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ ।

नाडाले विगत देढ दशक अघि देखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पु¥याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

MANASLU

सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.