काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले सपथ लिएका छन् । नाडाका निबर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल समक्ष उनले सपथ लिएका हुन् । आफूले सपथ लिएपछि अध्यक्ष थापाले नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाएका छन् ।
सपथ ग्रहणसँगै निबर्तमान अध्यक्ष दुलालले नवनिर्वाचित अध्यक्ष थापालाई पदभार हस्तान्तरण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष थापाले नाडाको गरिमा उच्च हुने गरी आफ्नो कार्यसमितिले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्पूर्ण कार्यसमितिको साथ र सहयोग लिएर आफू अगाडि बढ्ने र सबैलाई समेट्ने उनको भनाइ छ ।
मंसिर २२ र २३ गतेसम्म नाडाको ४५औं साधारणसभाबाट अध्यक्षमा ध्रुव थापा विजयी भएका थिए । कार्यसमिति सदस्यमा मीलनबाबु मल्ल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंघानिया, गोपाल भट्टराई निलमणि पाठक, निराकर श्रेष्ठ, वरदान बस्नेत, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, पंकज अग्रवाल, प्रदीपमान प्रधान र आकाश गोल्छा निर्वाचित भएका थिए ।
त्यसैगरी, प्रदेश न. १ बाट सुभाष आचार्य, प्रदेश २ बाट तेजनारायण शाह (सन्तोष) वाग्मती प्रदेशबाट सुदेश कुमार श्रेष्ठ, गण्डकी प्रदेशबाट मोहनबाबु खडका, लुम्बिनी प्रदेशबाट, गणेशप्रसाद भट्टराई, कर्णाली प्रदेश भद्र भण्डारी, सुदुर पश्चिम प्रदेशबाट पुष्करराज ओझा सर्वसम्मत निर्वाचित भएका थिए ।
यसैबीच, नवनिर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुलाई नाडा कार्यालयमा स्वागत गरिएको छ ।
Comments are closed.