नाडाको कोषाध्यक्षमा मीलनबाबु मल्ल

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कोषाध्यक्षमा मीलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

नाडाको नवनिर्वाचित कार्यसमितिको बुधबार बसेको बैठकबाट उनी कोषाध्यक्षमा निर्विरोध भएका हुन् ।

गत मंसिर २२ र २३ गते नाडाको ४५औं साधारण शभाबाट निर्वाचित कार्यसमितिको प्रथम बैठक बसेको हो ।

साधारणसभाबाट अध्यक्षमा ध्रुवबहादुर थापा निर्वाचित भएका थिए ।

You might also like

Comments are closed.