काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको केन्द्रीय उपाध्यक्षमा सुवास आचार्य पुनः विजयी भएका छन् । यस अगाडिको कार्यसमितिमा समेत आचार्य उपाध्यक्ष थिए ।
नाडाको नवनिर्वाचित कार्यसमितिको बुधबार सम्पन्न पहिलो बैठकबाट आचार्य उपाध्यक्ष निर्वाचित भएका हुन् । संस्थागत उपाध्यक्षमा उनले लोकप्रिय मत प्राप्त गरेका थिए ।
उनी मोरङ अटोमोबाइल एसोसिएसनका अध्यक्षसमेत हुन् ।
आचार्य नाडामा संस्थागत उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले बुधबार नै नाडा अध्यक्ष ध्रुवबहादुर थापा समक्ष पदको सपथ लिएका छन् ।
Comments are closed.